
सिन्धुली : यातयात व्यवसायीले बुधबारबाट बिपी राजमार्ग बन्द गराएका छन्।
सरकारले अस्थायी मार्ग इजाजत दिने निर्णय गरे पनि मङ्गलबार धादिङमा भएको घटनालाई लिएर निर्णय परिवर्तन गरेपछि बन्द गर्नुपरेको यातायात व्यवसायीले बताएका छन्। माग पूरा नभएसम्म नखोल्ने उनीहरुको भनाइ छ।
दसैंको मुखमा राजमार्ग बन्दा हुँदा सिन्धुली हुँदै पुर्वी नेपाल जानेहरु मारमा परेका छन्। व्यवसायीले गरेको बन्दले उदयपुर, झापा, मोरङ लगायतका स्थानबाट काठमाडौं हिँडेका यात्रु सिन्धुलीमा रोकिएका छन्।
सरकार आफैँले गरेको निर्णय कार्यान्वयन गराउनुको साटो उल्टै व्यवसायीलाई धराशायी बनाउन खोजेको बिपी यातायात सेवा समितिमा आबद्ध व्यवसायी पुरुषोत्तम शर्माले बताए।
सरकारले तत्काल अस्थायी मार्ग इजाजत नदिएसम्म राजमार्ग बन्द गराउने उनको भनाइ छ। सिन्धुलीका बिपी यातायात, कमलामाई यातायात, हिमाल तराई यातायात लगायतका जिल्लाका झन्डै एक दर्जन यातायात व्यवसायीले मार्ग इजाजतको माग गर्दै बिपी राजमार्ग अवरुद्ध गरेका हुन्।रासस