PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

निगमको चाडपर्व लक्षित उडान सुरु : पोखरा, भैरहवा र सिमराका लागि भाडादर कति?



पहिलोपोस्ट

निगमको चाडपर्व लक्षित उडान सुरु : पोखरा, भैरहवा र सिमराका लागि भाडादर कति?

काठमाडौं : नेपाल वायुसेवा निगमले आजदेखि पोखरा, भैरहवा र सिमरामा उडान सुरु गरेको छ।
 
दसैं, तिहार जस्ता पर्वमा यात्रुको सुविधालाई लक्षित गरी उडान भरिएको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए।
 
उनका अनुसार निगमको जहालले बिहान ६:३० बजे पोखरा र १०:३० बजे भैरहवा उडान भरेको छ। सिमराका लागि बिहान ८:३० बजेको उडान तालिका रहे पनि आज उडान भएन।
 
पोखराका लागि रु दुई हजार ५५०, भैरहवा रु तीन हजार २५ र सिमराको रु दुई हजार २२५ भाडा निर्धारण गरिएको निगमले जनाएको छ। निगमको सिमरामा पाँच वर्षदेखि उडान हुन सकेको थिएन। पोखरा र भैरहवामा भने जहाज बिग्रिएका कारण केहि महिनाअघि उडान रोकिएको थियो।
 
निगमसँग आन्तरिक उडानका लागि चार वटा जहाज छन्। हाल तीन जहाजले मात्रै उडान भर्दै आएका छन्। बिग्रिएको जहाज पनि मर्मत भइसकेकाले अबको पाँच दिनभित्रमा उडान भर्ने प्रवक्ता शर्माले बताए।
 
निगमको हाल एक बोइङ र दुई एयर बस गरी तीन वटा जहाजले अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ भने दुई वाइड बडी जहाज खरिदका लागि गत सोमबार ४५ दिने बोलपत्र आह्वान गरिसकेको छ।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell