PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

बलात्कार गरेर फरार युवक तीन वर्षपछि पक्राउ परे



पहिलोपोस्ट

काठमाडौं : तीन वर्षअघि एक महिलालाई बलत्कार गरेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले बुधबार ललितपुरको नखिपोटबाट ललितपुर गोदावरी गाविस–२ घर भई उपहानगरपालिका– १४ बस्ने २७ वर्षीय कुमार प्रधानलाई पक्राउ गरेको हो। उनले २०७० पुस २० गते आफैंले सञ्चालन गरेको सत्यम् बिहेवियर सुधार केन्द्रमा लागुपदार्थ दुर्व्यसनको कुलत छुटाउन आएकी महिलालाई बलात्कार गरेका थिए।
 
जबर्जस्ती उद्योगको मुद्दामा पुनरावेदन अदालत पाटनले २०७१ मंसिर २१ गते ३ लाख क्षतिपूर्ति भराई तीन वर्षको जेल सजाय सुनाएको थियो। फरार उनलाई पक्राउ गरी कैद भुक्तानको लागि नख्खु कारागार पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell