PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा बद्री पंगेनी निर्वाचित



पहिलोपोस्ट

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा बद्री पंगेनी निर्वाचित

काठमाडौं : लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा कलाकार बद्री पंगेनी निर्वाचित भएका छन्।
 
प्रतिष्ठानको छैंटौं केन्द्रीय महाधिवेशनले दुई वर्षका लागि पंगेनीको नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति चयन गरेको हो। कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश बिसी, द्वितीय उपाध्यक्षमा रामजी खाँड, महासचिवमा सुवास केसी र उपमहासचिवमा चौलेन्द्र पौडेल निर्वाचित भएका छन्।
 
प्रतिष्ठानको प्रथम उपाध्यक्षमा पशुपति शर्मा, महिला उपाध्यक्षमा रीता थापा, महिला सचिवमा राधिका हमाल र कोषाध्यक्षमा दीपक खड्का निर्विरोध निर्वाचित भएका छन्। यसैगरी, सचिवमा शङ्कर बिसी, खुमन अधिकारी र कृष्ण रेउले र सहकोषाध्यक्षमा टीका पुन विजयी भएका छन्‍।
 
प्रतिष्ठानका पूर्वअध्यक्ष दुर्गा रायमाझीका अनुसार पाँच सदस्यको मनोनयन पछि गरिनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell