PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

​यती एयरलाइन्सले भन्यो : फ्लाइटमा नो ‘ग्यालेक्सी नोट सेभेन’



उमेश पौडेल

​यती एयरलाइन्सले भन्यो : फ्लाइटमा नो ‘ग्यालेक्सी नोट सेभेन’

काठमाडौं : नेपालको ठूलो हवाई सेवा प्रदायकमध्येको एक यति एयरलाइन्सले यात्रुलाई सामसङको ग्यालेक्सी नोट सेभेन बोक्न प्रतिवन्ध लागाएको छ। कम्पनीले सूचना जारी गर्दै विमानमा यात्रामा रहँदा सामसुङको ग्यालेक्सी नोट सेभेन मोबाइल चलाउन रोक लगाएको हो।
 
कम्पनीले जहाजमा चढेदेखि नओर्लेसम्म अनिवार्य रुपमा मोबाइल स्विच अफ गरेर हाते झोलामा बोक्न अनुरोध गरेको छ। यात्रुले आफ्नो लगेजमा समेत मोबाइल बोक्न नपाउने कम्पनीले जारी प्रेस विज्ञप्तीमा छ।
 
कम्पनीले मोबाइललाई फ्लाइट मोडमा समेत राखेर लैजान नपाउने जानकारी दिएको छ।
 
विदेशी एयरलाइन्समा सामसुङको मोबाइल पड्किने समस्याका कारण बोक्न प्रतिवन्ध लगाएका कारण नेपाल नागरिक उड्ययन प्राधिकरणले पनि यस सम्बन्धमा छलफल गरेको प्राधिकरणका प्रवक्ता देवेन्द्र केसीले बताए।
 
अन्तराष्ट्रिय एयरलाइन्सले पनि प्रतिबन्ध गरेको अवस्थामा नेपालका एयरलाइन्स कम्पनीले प्रतिबन्ध लगाउने कुनै अनौठो कुरा नभएको केसीले बताए। 'विमान कम्पनीले यात्रुका साथसाथै आफ्नो प्लेनको पनि सुरक्षा गर्नुपर्ने हुन्छ,' उनले भने 'अब चाँडै अरु विमान कम्पनीले पनि प्रतिबन्ध लगाउन सक्छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell