PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

​मेलम्चीको सुरुङ पूरा गर्न छ महिना म्याद थपियो



पहिलोपोस्ट

​मेलम्चीको सुरुङ पूरा गर्न छ महिना म्याद थपियो

काठमाडौँ : मेलम्चीको सुरुङ निर्माण गरिरहेको इटालियन कम्पनी सिएमसीको म्याद छ महिना थप गरिएको छ।
 
सुरुङ निर्माणका लागि २०७३ चैत १५ सम्मको म्याद थपिएको मेलम्ची आयोजनाले जनाएको छ।
 
कम्पनीले २०७३ असोज १४ सम्म सुरुङ निर्माण सक्नुपर्ने गरी सन् २०१३ जुलाई १५ मा सम्झौता भएको थियो। गत वर्षको भूकम्प र लगत्तैको भारतको अघोषित नाकाबन्दीले सुरुङ निर्माणको काममा अवरोध आएपछि आयोजनाकातर्फबाट छ महिना थप गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए।
 
“ठेकेदार कम्पनीलाई अरु थप म्याद चाहिए उपयुक्त कारणसहित समितिमा निवेदन दिन भनिएको छ, निवेदन आएमा समीक्षा गरी आवश्यकताअनुसार निर्णय गरिनेछ”– उनले भने।
 
सिन्धुपाल्चोकको हेलम्बु गाविसदेखि काठमाडौँको सुन्दरीजलसम्म २७ किमी सुरुङमध्ये २० किमी निर्माण कार्य सम्पन्न भएको र सात किमी बाँकी रहेको उनले बताए। डेढ महिनामा सुन्दरीजलबाट सिन्धु अडिटसम्मको १० किमी सुरुङ निर्माण सम्पन्न हुनेछ। यो अडिटको ७५० मिटर सुरुङ निर्माण मात्र बाँकी रहेको समितिले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell