PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

परराष्ट्रले भन्यो : ४ देशबाट आयो सार्कमा सहभागी नहुने पत्र



पहिलोपोस्ट

परराष्ट्रले भन्यो : ४ देशबाट आयो सार्कमा सहभागी नहुने पत्र

काठमाडौं : आगामी नोभेम्बर ९ र १० मा पाकिस्तानको राजधानी इस्लामावादमा आयोजना हुने भनिएको दक्षिण एसियाली मुलुक सार्कको १९ ‍औं सम्मेलन अन्तत: नहुने भएको छ। नेपाल सरकारले सार्कका ८ मध्ये ४ मुलुकबाट इस्लामावाद सम्मेलनमा सहभागिता जनाउन नसक्ने बेहोराको पत्र पाएको जनाएको छ।

परराष्ट्र मन्त्रालयले बुधबार राति एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ – 'अफगानिस्तान, वंगलादेश, भुटान र भारतले इस्लामावादमा आयोजना हुने भनिएको सार्क सम्मेलनमा सहभागिता जनाउन नसक्ने बताएका छन्। सम्मेलन आयोजना हुनुपर्ने अवस्थामा अहिले वातावरण प्रतिकूल छ।'

नेपाल सरकारले यो कार्यक्रम स्थगितको अवस्थामा पुगेको विज्ञप्तिमा जनताउँदै सकेसम्म छिटो १९ ‍औं सम्मेलनका लागि संवाद बढाउन आग्रह गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell