PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

स्वास्थ्य मन्त्री गगन थापा अस्वस्थ, ग्रान्डी अस्पतालमा उपचार हुँदै



पहिलोपोस्ट

स्वास्थ्य मन्त्री गगन थापा अस्वस्थ, ग्रान्डी अस्पतालमा उपचार हुँदै

काठमाडौं : स्वास्थ्य मन्त्री गगनकुमार थापा अस्वस्थ भएपछि उपचारका लागि काठमाडौंको ग्रान्डी इन्टरनेशनल अस्पताल पुर्‍याइएको छ।

बिहान अचानक हृदयाघात जस्तो समस्या देखिएपछि पत्नी डा. अञ्जना केसीले अस्पताल पु्‍र्‍याएकी थिइन्। 

उपचारमा संलग्न चिकित्सक डा. अखिलेशकुमार काश्यपका अनुसार उनमा ग्यास्ट्रिकको समस्या बढेको छ। अहिले इन्डोस्कोपी गरिएको पनि काश्यपले  जानकारी दिए।

उनी आजै बिहान चाबहिलको गिरिजाप्रसाद कोइराला मेमोरियल सामुदायिक कलेजले राखेको सम्मान कार्यक्रममा प्रमुख अतिथि थिए। कार्यक्रम सुरु हुनै लाग्दा पनि नआएपछि बुझ्दा अस्वस्थ भएर अस्पताल लगिएको उनका सहयोगी शैलेशले जानकारी गराए।

मन्त्री थापा हिजो नेपालगन्जको कार्यक्रम सकेर काठमाडौं फर्किएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell