PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

व्यवसायीले बन्द गराएको अवरुद्ध बिपी राजमार्ग प्रहरीले खुलायो



पहिलोपोस्ट

सिन्धुली : यातायात व्यवसायीले बन्द गराएको बिपी राजमार्ग प्रहरीले खुलाएको छ।
 
सरकारले रुट परमिट नदिएको भन्दै यातायात व्यवसायीले हिजोदेखि राजमार्गमा सवारी साधन तेर्स्याएर सडक अवरुद्ध गरेका थिए।
 
बल प्रयोग गरेर राजमार्ग खुलाउने प्रहरीको चेतावनीसँगै व्यवसायीले अवरोध हटाएका हुन्। प्रहरीको चेतावनीसँगै व्यवसायी, चालक तथा यातायात मजदुरहरु खाना खाने बाहना बनाएर राजमार्गबाट बाहिरिएका थिए।
 
राजमार्ग खुलाउन पुगेका प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले एम्बुलेस, प्रहरी लगायत अत्यावश्यक सवारी साधन चल्न नसक्ने गरी अवरोध गरिएपछि आफूहरु सडक खुलाउन बाध्य भएको बताए। जबर्जस्ती राजमार्ग अवरुद्ध गर्न प्रयोग गरिएका एक दर्जन सवारी साधन र केही व्यवसायीलाई पक्राउ गरिएको उनले बताए।
 
राजमार्ग अवरुद्ध हुँदा तराईका विभिन्न जिल्लाबाट सिन्धुली हुँदै राजधानी र राजधानीबाट तराईका जिल्लामा हिँडेका सवारीको लामो लाम लागेको थियो।
 
बिपी यातायात सेवा समितिका अध्यक्ष आकाश श्रेष्ठले भने व्यवसायीको जायज मागप्रति सरकार गम्भीर नबनेकाले आफूहरु आन्दोलनमा उत्रनु परेको बताएका छन्।  बिपी यातायात, कमलामाई यातायात, हिमाल तराई यातायात, फिकल, चकमके, मध्य तराईलगायत एक दर्जन यातायात व्यवसायीले रुट परमिटको माग गर्दै राजमार्गमा अवरोध गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell