PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

खोलामा डुबेका बालकको शव आठ दिनपछि फेला पर्‍यो



पहिलोपोस्ट

पाँचथर : हेँवाखोलामा डुबेर एक हप्ताभन्दा बढी समयदेखि हराइरहेका पाँचथर फिदिम–४ का ८ वर्षीय रिसब कटुवालको शव फेला परेको छ।
 
असोज ४ गते मंगलबार उनी डुबेको स्थानबाट करिब ३० किलोमिटर टाढा स्याबु्रम्बा–८ लुमुघाटमा शव भेटिएको हो।
 
स्थानीयवासीले बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। दुवै हातखुट्टा भाँचिएको र शव पनि सडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
 
उनको शव स्थलगत मुचुल्का तयार गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
 
साथीहरुसँग घरनजिकै पुलमा खेल्न गएका उनी खेलिरहेका बखत पुलबाटै खोलामा खसेर बेपत्ता भएका थिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell