PahiloPost

Dec 25, 2025 | १० पुष २०८२

दसैंको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने



पहिलोपोस्ट

दसैंको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने

काठमाडौं : सर्वोच्च अदालतले विजयादशमीका अवसरमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहे पनि बन्दी प्रत्यक्षीकरणको सुनुवाइ गर्ने निर्णय गरेको छ।
 
प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारबाहेक अरु विदाका दिन बन्दी प्रत्यक्षीकरणको सुनुवाइ गर्ने निर्णय गरेको हो।
 
सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलका अनुसार सो अवधिका लागि न्यायाधीश दीपकराज जोशी, प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की, शारदाप्रसाद घिमिरे, दीपककुमार कार्कीलाई तोकिएको छ। सो अवधिमा थुनामा रहका बन्दीका बारेमा मात्रै सुनुवाइ हुनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell