PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

युसिएल : बार्सिलोनाको उत्कृष्ट कमब्याक, एथ्लेटिकोले वायर्नलाई हरायो, आर्सनल र पिएसजीको जित



पहिलोपोस्ट

युसिएल : बार्सिलोनाको उत्कृष्ट कमब्याक, एथ्लेटिकोले वायर्नलाई हरायो, आर्सनल र पिएसजीको जित

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा पानिस जायन्ट बार्सिलोनाले एक गोलले पछि परेको स्थिती उल्टाउँदै जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकलाई पराजित गरेको छ।
 
मोन्चेनग्लाडबाचको घरेलु मैदानमा भएको खेल बार्सिलोनाले २-१ ले जित्यो। पहिलो हाफमा १ गोलले पछि परेको बार्सिालेनाले दोस्रो हाफमा २ गोल गर्दै समूह सी मा लगातार दोस्रो जित हात पारेको हो। 

बार्सिलोनाको जितमा अर्दा तुरान र जेरार्ड पिकेले गोल गरे। यसअघि थोर्गन हजार्डले गोल गदै मोन्चेनग्लाडबाकलाई अग्रता दिलाएका थिए। 

जितपछि बार्सिलोनाको ६ अंक भएको छ। मोन्चेनग्लाडबाकको यो लगातार दोस्रो हार हो। यसअघि अवे खेलमा मोन्चेनग्लाडबाचक म्यानचेष्टर सिटीसँग पराजित भएको थियो। 

समूह सी कै अर्को खेलमा इंगलिस क्लब म्यानचेष्टर सिटी स्कटिस क्लब सेल्टिकसँग ३-३ गोलको बराबरीमा रोकियो। सेल्टिकका लागि माउसा डेम्बेलेले २ गोल गरे भने सिटीका रहिम स्टर्लिङले एक आत्मघाती गोल गरे। सिटीका लागि स्टर्लिङ, फर्नान्डिन्हो र नोलिटोले गोल गरे। 

बार्सिलोना कमब्याक जित हात पारेको दिन अर्को स्पानिस क्लब एथ्लेटिको मड्रिले जर्मन च्याम्पियन वायर्न म्युनिखलाई १-० ले पराजित गरेको छ। समूह डी को खेलमा एथ्लेटिकोलाई जित दिलाउन यानिक करास्कोले निर्णायक गोल गरे। एन्टोनी ग्रिजमन पेनाल्टीमा गोल गर्न असफल भए। 

समूह डी कै अर्को खेलमा च्याम्पियन्स लिगमा डेब्यु गरिरहेको रसियन क्लब रोस्तोभले पिएसभी आइन्होवनलाई २-२ गोलको बराबरीमा रोक्दै अंक जोड्न सफल भएको छ। रोस्तोभका लागि दिमित्री पोलोजले दुवै गोल गरे। पिएसभीका डेभी र लु डे जोङले गोल गरे भने डेभी पेनाल्टीमा गोल गर्न असफल रहे।
यता अर्को इंगलिस क्लब आर्सनलले एफसी बाजेललाई २-० ले पराजित गरेको छ । समूह ए को खेलमा आर्सनलको जितमा दुवै गोल थियो वाल्कोटले गरे। 

समूह ए कै अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले लुडोगोरेट्सलाई ३-१ ले पराजित गरेको छ। जर्मेनको जितमा एडिनसन काभानीले २ गोल गरे भने ब्लाइस मटुइडीले १ गोल गरे। नातानायलले गोल गर्दै लुडोगोरेट्सलाई अग्रता दिलाएपनि कायम राख्न सकेन। 

यस्तै समूह बी अन्तर्गत भएको खेलमा इटालियन क्लब नेपोलीले बेनफिकालाई ४-२ ले पराजित गरेको छ। नेपोलीको जितमा ड्राइस मर्टेन्सले २ गोल गरे भने मारेक हमसिक र अर्काडिउज मिलिकले १/१ गोल गरे। गोन्सालो युएडेस र एडुवार्डो शिल्भाले १/१ गोल गरे। जितसँगै नेपोलीको ६ अंक भएको छ। 

समूह बी कै अर्को खेलमा बेसिकटास र डाइनाभो किभले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell