PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

त्रिशूलीमा देखापर्‍यो गाडीको अवशेष, पूर्वगृहमन्त्री घिमिरेको कि अरु कसैको?



सविन ढकाल

त्रिशूलीमा देखापर्‍यो गाडीको अवशेष, पूर्वगृहमन्त्री घिमिरेको कि अरु कसैको?

काठमाडौं : घटना भएको चार दिन बितिसक्दा पनि त्रिशूली नदीम जिप खसेर बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमरेको अवस्था अझै अज्ञात रहेको छ।
 
घटनालगत्तै पाँच सयभन्दा बढी सुरक्षाकर्मी र गोताखोरको टोलीले खोजी गरिरहे पनि अहिलेसम्म केही पत्ता लाग्न नसकेको चितवन जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी बसन्त कुँवरले पहिलोपोस्टलाई जानकारी दिए। 'हामीले दिनरात नभनी खोजिरहेका छौं तर केही पत्ता लाग्न सकेको छैन,' उनले भने, 'नदीमा पानीको बहाव बढी भएको र साँघुरो भूगोलका कारण खोजी गर्न समस्या भएको हो।'

नदीमा गाडीको अवशेष देखिएकाले हुक लगाएर निकाल्ने प्रयास भइरहेको पनि उनले जानकारी दिएका छन्। 'तर सो गाडी घिमिरे चढेको गाडी हो या होइन ननिकाली भन्न सकिन्न,' कुँवरले भने, 'यसअघि दुर्घटना भएका गाडी पनि हुन सक्छन्।'
 
मुक्तिनाथदेखि काठमाडौं आउने क्रममा आइतबार साँझ घिमिरेसहित परिवारका अन्य सदस्य र सुरक्षा गार्ड दुर्घटनामा परेका थिए। बा९च १५३१ नम्बरको जिप दारेचोक-३ को घोप्टेभीरमा दुर्घटना हुँदा घिमिरेकी ८० वर्षिया आमा चैत्यन्या घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको घटनास्थलमा मृत्यु भएको थियो। उद्धारपछि चालक विष्णुबहादुर राईको भने उद्धार गरी हाल उपचारमा छन्। हराएकामा पूर्वगृहमन्त्री र उनका भाइहरु प्रकाश र मोहन घिमिरे भने फेला पर्न सकेका छैनन्।
 
यसअघि पनि त्रिशूली नदीमा दुर्घटना भएका १०/१२ सवारी अझै बेपत्ता रहेको चितवन ट्राफिक कार्यलयका प्रमुख प्रहरी निरीक्षक राजन भेटवालले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell