PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

भरतपुर अस्पतालको आकस्मिक निरीक्षणमा पुगे प्रधानमन्त्री प्रचण्ड



पहिलोपोस्ट

भरतपुर अस्पतालको आकस्मिक निरीक्षणमा पुगे प्रधानमन्त्री प्रचण्ड

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा रहेको भरतपुर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन्।

आज बिहानै उनले अस्पतालको आकस्मिक निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा उनले अस्पतालका बिरामीहरुको स्वास्थ्य स्थिति र सेवा प्रवाहबारे जानकारी लिएका थिए।
 
निरीक्षणपछि प्रधानमन्त्रीले अस्पताल प्रशासनलाई निर्देशन दिँदै उनले सरकारले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए। 'सात वटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने सरकारको निर्णय यसैमा केन्द्रित छ,' उनले भने, 'यस अस्पतालले पनि जनताको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गरेर सेवा प्रवाह गर्न निर्देशित गर्दछु।’
 
चितवन भ्रमण रहेका उनले माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलकी आमासँग पनि बिहान भेटघाट गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell