PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

स्वास्थ्य परीक्षण गराएर ग्रान्डी अस्पतालबाट फर्किए स्वास्थ्य मन्त्री थापा



पहिलोपोस्ट

स्वास्थ्य परीक्षण गराएर ग्रान्डी अस्पतालबाट फर्किए स्वास्थ्य मन्त्री थापा

काठमाडौं : स्वास्थ्य मन्त्री गगनकुमार थापा स्वास्थ्य परीक्षण गराए केही बेरअघि घर फर्किएका छन्।
 
आज बिहान एक्कासि छाती दुखेपछि उनलाई श्रीमती डा. अञ्जना केसीले ग्रान्डी इन्टरनेशनल अस्पताल धापासी पुर्‍याएकी थिइन्। मुटुको समस्या भएको हुन सक्ने भन्दै हतारमा अस्पताल पुर्‍याए पनि उनमा त्यस्तो ठूलो समस्या नदेखिएको चिकित्सकले बताएका छन्।
 
'मन्त्रीज्युलाई त्यस्तो गम्भीर समस्या देखिएन, सामान्य ग्यासट्राइसिसको समस्या देखिएको रहेछ,' परीक्षणमा संलग्न डा. अखिलेशकुमार कश्यपले भने, 'उहाँलाई  इन्डोकोपी गरियो। केही समय आरामपछि पुन: फलोअपमा आउने गरी फर्किसक्नुभएको छ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell