PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

तीन केजी चरेससहित २४ वर्षीया युवती चन्द्रागिरीबाट पक्राउ



पहिलोपोस्ट

तीन केजी चरेससहित २४ वर्षीया युवती चन्द्रागिरीबाट पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौंको चन्द्रागिरी–७ थानकोटबाट ३ केजी चरेससहित एक महिलालाई पक्राउ गरेको छ।
 
महागरीय प्रहरी वृत्तबाट खटिएको टोलीले मकवानपुर घर भई चन्द्रागिरी बस्दै आएकी २४ वर्षीया बिना लामालाई पक्राउ गरेको हो। उनले डेरा गरी बसेको कोठाको खाटमुनि चरेस लुकाए राखेको अवस्थामा पक्राउ गरिएको वृत्तका प्रमुख डिएसपी कृष्ण पंगेनीले बताए।
 
सानोसानो ६० देखी ७० ग्रामको गोली बनाएर बिक्री गर्ने गरेको अनुसन्धानमा देखिएको पंगेनीले बताएका छन्। बिनासँगै काम गर्ने एक युवक भने फरार छन्। फरार युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell