PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

चीनको युनानमा १६ जना मृत अवस्थामा फेला परे, 'टाइफुन मेघी' आँधीका कारण ३३ जना बेपत्ता



पहिलोपोस्ट

चीनको युनानमा १६ जना मृत अवस्थामा फेला परे, 'टाइफुन मेघी' आँधीका कारण ३३ जना बेपत्ता

होन्जाउ (चीन) : चीनको दक्षिणपश्चिम क्षेत्रमा पर्ने युनानमा तीन बालबालिकासहित १६ जना मृत अवस्थामा भेटिएका छन्।

उनीहरुलाई कसैले हत्या गरेको हुन सक्ने स्थानीय प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ। बिहीबार बिहान उनीहरु येमागाउँमा रहेको घरमै मृत अवस्थामा फेला परेका थिए।
 
यस्तै, बाढीपहिरो र हावाहुरीमा परी चीनको झेजिआङका दुई गाउँमा कम्तीमा ३३ जना बेपत्ता भएका छन्।
 
सुकुन गाउँमा आएको बाढीमा २७ जना हराइरहेको र १३ जनालाई जीवितै उद्धार गरिएको स्थानीय अधिकारीले बिहीबार जनाएका छन्।
 
सो गाउँका सबै घर नष्ट भएका छन् भने एक हजार ४६० घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ।
 
स्थानीय सरकारले उद्धारका लागि एक हजार दुई सय उद्धारकर्मी, २१ वटा एक्स्काभेटर, चार वटा पम्प र अन्य विभिन्न आपतकालीन उद्धार सामग्री परिचालन गरिएको जनाएको छ।
 
यसअघि बुधबार राति आएको हावाहुरीका कारण बाओफेङमा ६ जना बेपत्ता भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell