PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

बजेट आश्रित विधेयक पारितको बाटो खुल्यो, एमाले असन्तुष्ट



पहिलोपोस्ट

बजेट आश्रित विधेयक पारितको बाटो खुल्यो, एमाले असन्तुष्ट

काठमाडौं : संसदले बजेटमा आश्रित विधेयकहरु पारितको बाटो खोलेको छ।

माओवादी केन्द्रका सचेतक टेकबहादुर बस्नेतले राखेको नियमावली प्रस्ताव बहुमतले पारित भएपछि विधेयक संसदमा पेस हुने भएको हो। यही बजेटमै आर्थिक विधेयक, ऋण तथा जमानत विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित हुँदैछन्।
 
प्रस्तावमा एमालेले असहमति जनाउँदै विपक्षमा मतदान गरेको थियो। 'जे फेल गर्नका लागि पहिले प्रस्ताव गरियो, उहाँ नै अहिले अर्थमन्त्री हुनुहुन्छ,' एमाले सांसद राजेन्द्र पाण्डेले भने, 'नियमावली जथाभावी फेर्न पाइँदैन।'

केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले असार ७ गते प्रस्ताव गरेको विधेयक त्यसबेलाको प्रतिपक्षी कांग्रेस र माओवादीले अस्वीकृत गरेका थिए।

अहिले संसद आधा घन्टाका लागि स्थगित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell