पोखरा : संस्कृतिविद् सत्यमोहन जोशी आज पोखरामा सम्मानित भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कारबाट सम्मान गरिन्। उक्त सम्मानको राशी एक लाख एक हजार छ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा सञ्चालित संस्थाका संस्थापक अध्यक्ष हेमबहादुर प्रधानले सम्मानको स्थापना गरेका हुन्।
यो सम्मान हरेक दुई वर्षमा धर्म, संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने संस्था वा व्यक्तिलाई प्रदान गर्ने गरिएको छ। जोशी भने पहिलो पटक नै सम्मानित भएका हुन्। फोटो : रासस