PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

फेवातालको जलकुम्भी झार निकाल्न राष्ट्रपति भण्डारी पोखरामा!



पहिलोपोस्ट

फेवातालको जलकुम्भी झार निकाल्न राष्ट्रपति भण्डारी पोखरामा!

पोखरा :  राष्ट्रपति विद्यादेवी भण्डारीले आज फेवाताल सरसफाइ अभियानको शुभारम्भ गरेकी छिन्।
 
पोखरा उपमहानगरपालिकाद्वारा हल्लनचोकमा आयोजित कार्यक्रममा फेवातालबाट जलकुम्भी झार निकालेर उनले कार्यक्रमको थालनी गरेकी हुन्।
 
राष्ट्रपतिसमक्ष ज्ञापनपत्र बुझाउँदै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले पोखरा र फेवातालको सरसफाइमा सुरक्षा निकाय, नागरिक समाज, राष्ट्रसेवक कर्मचारी लगायत विभिन्न सङ्घसंस्थाको सक्रिय सहभागिता रहँदै आएको जानकारी गराए।
 
राष्ट्रपति भण्डारीलाई नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जलकुम्झीका कारण कुरुप बन्दै गएको मुलुककै महत्वपूर्ण सम्पदा फेवातालको संरक्षणका लागि ध्यानाकर्षण गराए।
 
पोखरा उपमहानगरपालिकाको पहलमा विभिन्न सङ्घसंस्थाको सहभागितामा प्रत्येक शुक्रबार फेवातालमा सरसफाइ कार्यक्रम हुँदै आएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell