काठमाडौं : नेपाल टेलिकमले चाडपर्वका लागि डेटा तथा भ्वाइस सेवामा छुटको अफर ल्यएको छ। कम्पनीले भ्वाइस, डेटा, नाइट डेटा अफर, एसएमएस लगायत अन्य सेवामा छुट सहितको अफर योजना ल्याएको हो।
- डेटा अफर
टेलिकमले असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म एक सय एमबीको डेटा ५० रुपैयाँमा र दुई सय ५० एमबीको डेटा एक सय रुपैयाँमा उपलब्ध गराउने जनाएको छ। एक सय एमबी डेटाको अवधि पाँच दिन र दुई सयको अवधि १० दिनसम्म रहनेछ।
उक्त अवधिमा डेटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्नेछन्।
- नाइट डेटा अफर
- भ्वाइस कलमा छुट
- एसएमएस अफर
त्यस्तै टेलिकमले स्थानीय टेलिफोनमा थप एक सय कल निःशुल्क गरेको छ। कम्पनीबाट वितरण गरिएको स्थानीय टेलिफोन सेवामा दुई सय रुपैयाँमा एक सय ७५ कल निःशुल्क उपलब्ध गराई आएकोमा असोजदेखि सोही मूल्यमा एक सय लोकल कल उपलब्ध गराउने भएको छ।
त्यस्तै दसैं, तिहार तथा छठको समयमा भ्यालिडिटी सकिने भोल्युम बेस्ड तथा अनलिमिटेड एडिएसएलका ग्राहकहरुलाई समय थप गरिने भएको छ। वाइम्याक्स तथा फाइवर टु दि होमका ग्राहकको हकमा डेटा भोल्युम बाँकी भएको तर समयावधि सकिएको खण्डमा समय थप गरिने टेलिकमले जनाएको छ। जसअनुसार दसैंको समयमा असोज २२ देखि असोज २८ सम्म भ्यालिडिटी सकिने ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म भ्यालिडिटी सकिने ग्राहकको अवधि कात्तिक २१ गतेसम्म थप गरिनेछ।
जिएसएम प्रिपेड तथा सिडिएमए प्रिपेडमा एमपिओएस प्रणालीबाट सय रुपैयाँ वा सो भन्दामाथिको दरको रिचार्ज गर्दा १० प्रतिशत टक टाइम बोनस उपलब्ध गराइने टेलिकमले जनाएको छ।