PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

दराजमा लागुऔषध भेटिएको औषधि व्यवस्था विभागले स्विकार्‍यो



पहिलोपोस्ट

दराजमा लागुऔषध भेटिएको औषधि व्यवस्था विभागले स्विकार्‍यो

काठमाडौं : औषधि व्यवस्था विभागले आफ्नो कमजोर निगरानीका कारण विभागको दराजमा लागुऔषध भेटिएको स्वीकार गरेको छ।
 
विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै विभिन्न कम्पनीले खोलेका दराजमा विभागले निगरानी नगर्दा लागुऔषधी भेटिएको बताएको हो। त्यस्तै यस्तो कार्यमा कुनै विभागका कर्मचारीको संलग्नता नरहेको समेत विभागको दाबी छ।
 
मंगलबार लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पानस फर्मास्युटिल्कका अफिसर सुनिल गुप्तालाई पक्राउ गरी विभागमा कम्पनीको नाममा रहेको दराजमा छापा मार्दा २२ ग्राम खैरो हेरोइन बरामद गरेको थियो। विभिन्न कम्पनीले विभागमा कागजपत्र राख्न भन्दै दराज सुविधा लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell