PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

बंगलादेशी पूर्व परराष्ट्र मन्त्रीले दिइन् प्रचण्डलाई निम्तो



पहिलोपोस्ट

बंगलादेशी पूर्व परराष्ट्र मन्त्रीले दिइन् प्रचण्डलाई निम्तो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशका पार्लियामेन्टरी स्ट्याण्डिङ् कमिटीका सभापति तथा पूर्व परराष्ट्र मन्त्री डा. दिपु मुनीबीच आज बिहान भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पूर्वमन्त्री मुनीले प्रधानमन्त्रीलाई २२ अक्टोबरमा हुने बंगलादेश अवामी लीगको राष्ट्रिय सम्मेलनमा आतिथ्यको निम्तो दिइन्।
 
पूर्वमन्त्री मुनीले नेपाल र बंगलादेशबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको बताउँदै आगामी दिनमा सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने धारणा राखेकी थिइन्। भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र बंगलादेशबीचको सम्बन्ध पुरानो र ऐतिहासिक रहेको भन्दै साझा मुद्दा र चुनौतीको मिलेर सामना गर्नुपर्ने बताए।
 
प्रधानमन्त्रीले नेपाल राजनीतिक संक्रमणको अन्त्य गरी आर्थिक समृद्धि र विकासको चरणमा प्रवेश गर्न लागेको जानकारी दिँदै विकास र साझेदारीका लागि नेपाल र बंगलादेशले मिलेर काम गर्नुपर्नेमा जोड दिएको उनको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell