PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

सवारीसाधनलाई देशभर चलाउनेगरी इजाजत दिन यातायात व्यवसायीको माग



पहिलोपोस्ट

सवारीसाधनलाई देशभर चलाउनेगरी इजाजत दिन यातायात व्यवसायीको माग

काठमाडौं : नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासङ्घले दसैंमा घर जाने यात्रुको चाप बढ्ने हुँदा आवश्यकताअनुसार सवारीसाधनलाई देशभर सञ्चालन गर्ने इजाजत दिन माग गरेको छ।
 
महासङ्घका अध्यक्ष विष्णु सिवाकोटीले यातायात व्यवसायको क्षेत्रमा एकाधिकार कायम राखी यात्रु तथा सेवाग्राहीलाई ठग्ने सङ्घसंस्थालाई सरकारले कारबाही गर्नुपर्ने बताए। सरकारले भौतिक पूर्वाधार तथा यायातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात कार्यालय तथा यातायातसम्बन्धी व्यवस्थापन बैठकमा विज्ञका साथै सरोकारवाला पक्षलाई पनि बोलाउनुपर्ने पनि उनले माग राखे।
 
महासङ्घले नेपालमा सर्वाजनिक यातायात क्षेत्रमा स्वस्थ प्रतिस्पर्धामा खरो उत्रिने आफ्नो महासङ्घलाई यातायात क्षेत्रको व्यवस्थाका लागि आयोजना गरिने कुनै पनि बैठक तथा छलफलमा बोलाउन माग गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell