
ज्लाटन इब्राहिमोभिचको निर्णायक गोलमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले युरोपको दोस्रो लेभलको क्लब फुटबल युरोपा लिगमा यस सिजनको समूह चरणको पहिलो जित हात पारेको छ।
युनाइटेडले समूह ए को दोस्रो खेलमा युक्रेनी कलब जोर्या लुहानस्कलाई १-० ले पराजित गरेको हो। घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन इब्राहिमोचिले ६९ औं मिनेटमा एक मात्र गोल गरे।
युनाइटेड यसअघिको अवे खेलमा फेयेनुर्डसँग १-० को अन्तरमा पराजित भएको थियो।
समूह ए कै अर्को खेलमा टर्कीको क्लब फेनेरवाचेलेल फेयेनुर्डलाई १-० ले पराजित गरेको छ। फेनरवाचेको जितमा इमानुएल एमेनिकले निर्णायक गोल गरे। पहिलो खेलमा जोर्या फेनरवाचेले बराबरी खेलेका थिए।
युनाइटेडले जित हात पारेको दिन अर्को इंग्लिस क्लब साउदह्याम्पटन भने हापो विर सिभासँग गोलरहित बराबरीमा रोकिएको छ।
युरोपा लिगमा जर्मनी र स्पेनका क्लबले उत्कृष्ट प्रदर्शन गर्दा इटालियन क्लबले भने मिश्रित नतिजा आत्मसात गरेको छ।
जर्मन क्लब मेइन्ज ०५ ले अजरबैजानको क्वाबालाई ३-२ ले पराजित गर्दा साल्के ०४ ले अष्ट्रियन क्लब साल्जवर्ग एफसीलाई ३-१ ले हरायो।
यस्तै स्पानिस क्लब सेल्टाभिगोले ग्रीक क्लब पानाथिनाइकोस एफसीलाई २-० ले पराजित गरेको छ। अर्को स्पानिस क्लब एथ्लेटिको विल्वाओले अर्को अष्ट्रियन क्लब र्यापिड विएनलाई १-० ले हराएको छ। भियारियालले भने रोमानियन क्लब स्टेउ बुखारेस्टीसँग १-१ गोलको बराबरी खेलेको छ।
यता इटालियन क्लब रोमा र फियारेन्टिनाले जित हात पार्दा इन्टर मिलानले लगातार दोस्रो हार बेहोरेको छ। रोमाले रोमानियन क्लब अस्ट्रा गिउरगिउलाई ४-० ले हरायो। फियारेन्टिनाले अजरवैजानको क्वाराबागलाई ५-१ ले पराजित गर्यो।
पहिलो खेलमा हापोल विर बिभासँग हारेको इन्टर मिलान चेक रिपव्लिकन क्लब स्पार्टा प्रागसँग ३-१ ले पराजित भएको हो।