अर्घाखाँची : अर्घाखाँचीको सिमलपानी-१ खोरमोरमा ट्रयाक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।
लु ३ त ४५७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय देवबहादुर छेडी मगरकी ७ वर्षिया छोरी अस्मिताको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने ट्याक्टर सहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ।