PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

पानीजहाजमा काम गर्न कोरिया पठाउँछु भन्दै एक करोड ठगी गर्ने पक्राउ



पहिलोपोस्ट

पानीजहाजमा काम गर्न कोरिया पठाउँछु भन्दै एक करोड ठगी गर्ने पक्राउ

काठमाडौं : ठगी गरेको उजुरीको आधारमा काठमाडौंको बुढानीलकण्ठ-२ बस्ने निर्मल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
 
श्रेष्ठले विभिन्न व्यक्तिलाई कोरियाको पानीजहाजमा जागिर लगाइदिन भन्दै प्रतिव्यक्ति १ देखि ३ लाख रुपैयाँसम्म लिँदै आएको खुलेको छ। अहिलेसम्म जहाजमा जागिर लगाइदिने भन्दै उनले एक करोड ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।
 
विभिन्न व्यक्तिसँग पैसा उठाएर भारत बस्दै आएका श्रेष्ठलाई प्रहरीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको महानगरीय अपराध अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक गोविन्द पन्थीले बताए। आवश्यक अनुसन्धानका लागि उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell