सप्तरी : सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा चोरी भएको छ।
मध्यरातमा पाँच/छ जनाको समूहमा आएका चोरले क्याम्पसभित्र रहेको छ वटा भवनमा लगाइएको ताल्चा फुटाएको क्याम्पस प्रमुख सर्वेशचन्द्र मिश्रले जानकारी दिए।
उनका अनुसार क्याम्पसमा राति दुई जना पाले सुते पनि मध्यरातमा चोरले क्याम्पसको पश्चिमी गेटको ढोका तोडेर पसेको र क्याम्पसभित्र रहेका प्राध्यापक सङ्घको कोठा, क्याम्पसको पश्चिम ग्रिलको कोठा, जेनेरेटर कोठा, कम्प्युटर कोठा र माथिलो तल्लामा रहेको विज्ञान सङ्कायको कोठाको ताला फुटाइएको बताइएको छ।
ती चोरले क्याम्पसमा ताला फुटाए पनि राति असजिलो भएपछि खासै सामान लान भने नपाएको क्याम्पस प्रमुख मिश्रले बताए।