PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

दरबारमार्गमा आगलागी



पहिलोपोस्ट

दरबारमार्गमा आगलागी

काठमाडौं : काठमाडौंको दरबारमार्गस्थित पुरानो तीनधारा पाठशाला नजिकको एनभी सुज नामक जुत्ता पसलमा केही बेरअघि आगलागी भएको छ।
 
विद्युतीय तार सर्ट भई आगो लागेको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी कृष्णबहादुर मगरले पहिलोपोस्टलाई जानकारी दिए।
 
आगलागी भएको केही समयमै आएको जुद्ध वारुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन। क्षतिबारे विवरण आउन बाँकी रहेको मगरले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell