PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

अनि जोन अब्रहमले हाने झापड



पहिलोपोस्ट

अनि जोन अब्रहमले हाने झापड

बलिउड हिरो जोन अब्रहम धेरैजसो मिज्यासिलो छवि बोक्छन्। उनी अरुलाई सम्मान गर्छन् र त्यही अनुसार सम्मान पनि पाउँछन्। तर बिहीबार भने भयो फरक। फिल्म फोर्स २ को ट्रेलर लन्चको कार्यक्रममा उनको फरक रुप देखियो

सधै कुल देखिने जोनले आफ्नो पहिचान नै गुमाए। लन्च सकिएपछि कार्यक्रमस्थल जसै छाडेका थिए जोनले, उनका एक हुल फ्यान हुत्तेर उनीतिरै आइपुग्यो। त्यत्तिकैमा एक फ्यानले उनको पाखुरा समातेर ताने र मोबाइलबाट सेल्फी लिन खोजे। त्यतिखेर सहन नसकेका जोनले उसलाई झापड हाने। त्यतिमात्र होइन कसैले यो घटनाको भिडियो अपलोड गर्‍यो भने नराम्रो हुने धम्की दिँदै उनी कारभित्र छिरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell