
काठमाडौं : ६१औं प्रहरी दिवसको अवरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले राजधानीका विभिन्न स्थानमा सरसफाइ कार्यक्रम गरेको छ।
काठमाडौंको कुलेश्वरमा भएको सरसफाइमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख आयुक्त प्रतापसिंह थापासमेत सहभागी भए। स्थानीयसँगै उनी पनि कुचो लिएर सरसफाइमा जुटे। स्थानीयको उपस्थितिले प्रहरीलाई सामाजिक कार्यमा थप ऊर्जा प्रकट गर्ने उनले बताएका छन्।
सो सरसफाइमा नेपाल प्रहरी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, विद्यार्थीहरु र समाजसेवी समेतको उपस्थिति थियो।