PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

​बालगृहमा लाग्यो आगो, पाँच बालबालिकाको गयो ज्यान



पहिलोपोस्ट

​बालगृहमा लाग्यो आगो, पाँच बालबालिकाको गयो ज्यान

इस्लामावाद : पाकिस्तानको दक्षिणी क्षेत्रमा पर्ने मिरपुर खास जिल्लामा अवस्थित एउटा बालगृहमा भएको आगलागीमा परी पाँच जना बालबालिकाको मृत्यु भएको छ।

८ वर्षका उस्मान, ७ वर्षका नसरिन, ६ वर्षका अरसलान र तीन वर्षका हानअनको मृत्यु भएको हो। घटनामा परी अन्य ६ जना घाइते भएको मिडियाले जनाएको छ।
 
सिन्ध प्रान्तको लियाकट नगरमा रहेको पाकिस्तान स्विट होम्स् नामक सार्वजनिक बालगृहमा बस्ने बालबालिकाले अज्ञानताबस अत्तर (बडी पर्फ्युम) लाई लामखुट्टे धपाउन बालेको धुपमा छर्केपछि आगलागी शुरु भएको यहाँको सामा समाचार संस्थाले जनाएको छ।
 
अग्नी नियन्त्रक र उद्धार टोलीले घाइतेहरुलाई तत्काल नजिकैको अस्पतालमा लगेका थिए। आगलागी भएका बेला आगलागी भएको कोठामा ११ जना बालबालिका रहेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell