PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

​असुरक्षा भन्दै टर्कीमा १२ टेलिभिजन च्यानल बन्द!



पहिलोपोस्ट

​असुरक्षा भन्दै टर्कीमा १२ टेलिभिजन च्यानल बन्द!

अङ्कारा : राष्ट्रिय सुरक्षामा चुनौती देखिएको बताउँदै यहाँका विभिन्न १२ वटा टेलिभिजन च्यानललाई बन्द गरिएको टर्कीको राज्य सञ्चालित समाचार संस्था अनादोलु न्युज एजेन्सीले जनाएको छ।
 
जुलाई १५ मा टर्कीमा गरिएको असफल सैनिक विद्रोहपछि राज्यमा सङ्कटकालको घोषणा गरिएको छ भने कैयौँ समाचार संस्था बन्द भएका छन्। यी सञ्चार माध्यममा अमेरिकामा घोषित निर्वासनमा रहनु भएका टर्कीका इस्लाम धर्मगुरु फेतुल्लहा गुलेनको आवद्धता रहेको र उनीहरूलाई राज्य विद्रोह गर्न उक्साउन प्रयोग गरिएको आरोप सरकारको छ।
 
गुलेनले भने आफूमाथि सरकारद्वारा लगाइएका आरोपमाथि कुनै सत्यता नभएको बताउँदै आएका छन्।
 
अनादोलु न्युज एजेन्सीका अनुसार टर्कीको सञ्चार माध्यमका गतिविधिलाई हेर्ने संस्थाले बिहीबार १२ टेलिभिजनलगायतका केही समाचार संस्थालाई राज्यको सुरक्षामाथि खतरा हुनेकार्य गर्न उक्साएको आरोपमा उनीहरूमाथि कारबाही गरिएको हो। रासस/एपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell