PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

​इन्डो-पाक सीमामा गोलिवारी हुँदा नेपाल सीमामा हाइ अलर्ट!



पहिलोपोस्ट

लखनउ : भारतले पाकिस्तानसँगको सीमामा ‘सर्जिकल स्ट्राइक’ गरेको दावा गर्दै अन्य सीमामा पनि सुरक्षा निकायलाई शतर्क गराएको छ। उत्तर प्रदेश सरकारलाई हाइ अलर्ट रहन निर्देशन दिइएको उच्च अधिकारीले जानकारी दिएका छन्।

पाकिस्तानसँग बढ्दो तनावबीच सबै जिल्लाहरुमा सुरक्षा निकायलाई चनाखो रहन निर्देशन दिइएको छ। भारत-नेपाल सीमामा सीमा सुरक्षा बल (एसएसबी)लाई सचेत रहेर खटिन निर्देशन दिइएको हो।

विशेष गरी ऐतिहासिक महत्वका ठाउँ, पर्यटकीय क्षेत्र, सार्वजनिक स्थान जस्तै रेल वे र बस स्टेसन, मलहरु, सपिङ कम्प्लेक्स र फिल्म थियटरमा सुरक्षा निकायलाई कडा निगरानी राख्न निर्देशन भएको मिडियाले जनाएका छन्।

यसका लागि लखनउ, आगरा, कानपुर, मिरुतमा थप सुरक्षा फौज परिचालन गरिएको छ। विमानस्थलमा सेनालाई कडा निगरानीका राख्न समेत भनिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell