PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

चाडपर्वलाई ध्यान दिँदै प्रहरीले लागू गर्‍यो राजधानी केन्द्रित विशेष सुरक्षा व्यवस्था



पहिलोपोस्ट

चाडपर्वलाई ध्यान दिँदै प्रहरीले लागू गर्‍यो राजधानी केन्द्रित विशेष सुरक्षा व्यवस्था

काठमाडौं : चाडबाडलाई लक्षित गर्दै प्रहरीले काठमाडौंमा आपाराधिक गतिविधि नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था लागू गरेको छ।
 
महानगरीय प्रहरी परिसर काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै सुरक्षाको लागि विषेश योजना सहित ४ हजार प्रहरी परिचालन गरिएको जानकारी दिइयो।  सुरक्षालाई ध्यानमा राख्दै बर्दीधारी, सादा पोसाक र प्राविधिक टोली परिचालन गरिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले बताए।
 
राजधानी भित्रिने नाका तथा शंकास्पद क्षेत्रमा विस्फोटक पदार्थ र चोरी पत्ता लगाउन प्रहरीको तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको थापाले जानकारी दिए। प्रहरीले आजबाट नै २ सय १० वटा मोटरसाइकल र ८३ वटा साइकलमा गस्ती टोली समेत परिचालन गरेको जनाएको छ।
 
सुरक्षालाई मध्ययनजर गर्दै राजधानीका ३ सय ३५ स्थानमा सिसी क्यामेरा समेत जडान गरिएको छ। प्रहरीले चाडबाडको बेला जुवा तास खेल्न र पटका नपड्काउन समेत आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell