PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

'लालजोडी' फ्लप भएको एक महिनामै अर्को फिल्मको घोषणा गरेका निर्देशक सुवेदी के भन्छन्?



पहिलोपोस्ट

'लालजोडी' फ्लप भएको एक महिनामै अर्को फिल्मको घोषणा गरेका निर्देशक सुवेदी के भन्छन्?

काठमाडौं : रंग पत्रकार लक्ष्मण सुवेदी तीजको छेको पारेर भदौ १७ गते फिल्म 'लालजोडी' लिएर आए। तीजको कोसेली भनिएको कमेडी फिल्म सार्वजनिक त भयो तर चर्चामा आएन। व्यावसायिक रुपमा फिल्म असफल रह्यो।
 
फिल्म रिलिज हुनुअघि प्रोमो र गीतको भिडियो सार्वजनिक कार्यक्रममा निर्देशक सुवेदीले भनेका थिए, 'यो फिल्म फ्लप भए म कहिले पनि फिल्म बनाउँदिन।'
 
तर फिल्म असफल भएको महिना दिन नपुग्दै उनले नयाँ फिल्म घोषणा गरेका छन्। पहिलोपोस्टसँगको कुराकानीमा उनले भने, 'म फिल्म नै बनाउँछु भनेर अघि बढेको मान्छे किन रोकिनु?' उनले 'लालजोडी'बाट आफूलाई घाटा नभएकाले अर्को फिल्म बनाउने आँट गरेको दाबी पनि गरे। भने, 'फिल्म फ्लप भए अर्को बनाउन सक्ने पैसा छैन भनेको थिएँ तर फिल्ममा राम्रो प्रतिक्रिया आयो। व्यवसाय पनि राम्रो भयो।'
 
उनले फिल्म सफल भएको दाबी गरे पनि एक हप्ता पनि हलमा टिक्न सकेन।
 
दिलासा फिल्मसको ब्यानरमा बन्ने भनिएको नयाँ फिल्म 'टुना मुना'को छायांकन भने मंसिर अन्तिम हप्तादेखि सुरु हुने उनले जानकारी दिए। फिल्ममा स्क्रिप्ट, निर्देशन, गीत तथा लगानी पनि उनको रहनेछ।
 
यो एक्सन फिल्ममा कमेडी पनि मिसाइनेछ। फिल्मका लागि कलाकार भने अझै छानिएका छैनन्। 'कलाकारहरुका लागि दसैं तिहारको बीचमा अडिसन हुनेछ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell