काठमाडौँ : भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि बिहीबारसम्म चार लाख छ हजार ३९९ घरधनीको बैंक खातामा पहिलो किस्ताको रु ५० हजार जम्मा भएको छ।
पहिलो किस्ताको अनुदान लिन ११ जिल्लाका बैंकमा भूकम्पपीडित घरधनीको भिड लाग्ने गरेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बैंक खातामा रहेको रकम झिक्नेहरुको भिड लागेको भन्दै तत्काल नझिक्न सुझाएको छ। प्राधिकरणले आज जारी गरेको वक्तव्यमा बैंकले जम्मा भएको रकममा व्याज दिने भएकाले हतारिएर झिक्न नपर्ने स्मरण गराएको हो।
घरा बनाउने क्रमसँगै रकम झिक्न सुझाव दिइएको छ।
घर पुनःनिर्माणका लागि प्राप्त अनुदान रकम अन्य क्षेत्रमा प्रयोग गरे कानुनी कारबाही हुने, दोस्रो र तेस्रो किस्ताको अनुदान रकम समेत प्राप्त नहुने हुँदा अनुदान रकम घर पुनःनिर्माण बाहेक अन्यमा खर्च नगर्न अनुदान सम्झौताका बेला गरिएको १५ बुँदे सम्झौताको परिपालन गर्न गराउन प्राधिकरणले सबैलाई सचेत गराएको छ