PahiloPost

Mar 14, 2026 | ३० फागुन २०८२

युद्धको त्रास : पाकिस्तानका हलमा हिन्दी फिल्‍म उतारियो



पहिलोपोस्ट

कराँचीको न्युप्लेक्स सिनेमाले सामाजिक सञ्जालमा एउटा संदेश राख्यो जसमा लेखिएको थियो : हाम्रा सेनाहरुको समर्थनमा न्युप्लेक्स सिनेमाले भारतीय फिल्महरु तत्कालैबाट प्रदर्शन रोक्ने निर्णय गरेको छ। यसबारे हाम्रा दर्शकहरुलाई हामी पछि थप जानकारी दिनेछौं। अमिताव बच्चन अभिनित फिल्म पिङ्क यसको सिकार भएको पाकिस्तानी पत्रिका डाँनले जनाएको छ।

अट्रिम सिनेमाले अझैसम्म कुनै निर्णय सार्वजनिक नगरिसकेको भए पनि भारतीय फिल्म प्रदर्शन रोक गर्ने भएको छ।

भारत र पाकिस्तानको सीमामा भएको गोलावारीको असर अब सांस्कृति तहमा नै उत्रिएको छ। पाकिस्तानले सात भारतीय सैनिक मारेको र एकलाई जिउँदै पक्रेको दावी गरेको छ।

युद्धको सांस्कृति तहको द्वन्द्वको सुरुवात भने भारतबाटै सुरु भएको थियो। इन्डियन मोसन पिक्चर प्रोड्युसर एसोसिएसनले पाकिस्तानी कलाकार, गायक र प्राविधिकलाई भारत छाड्ने भनेको थियो। पाकिस्तानी कलाकारलाई ४८ घन्टामा भारत छाड्न चेतावनी दिएलगत्तै पाकिस्तानले पनि भारतीय फिल्म प्रदर्शन रोकेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell