PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

कोरियाको पानी जहाजमा काम लगाइदिने भन्दै करोड ह्वाम



पहिलोपोस्ट

काठमाडौं : ठगी गरेको उजुरीको आधारमा काठमाडौंको बुढानीलकण्ठ-२ बस्ने निर्मल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
 
श्रेष्ठले विभिन्न व्यक्तिलाई कोरियाको पानीजहाजमा जागिर लगाइदिन भन्दै प्रतिव्यक्ति १ देखि ३ लाख रुपैयाँसम्म लिँदै आएको खुलेको छ। अहिलेसम्म जहाजमा जागिर लगाइदिने भन्दै उनले एक करोड ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।
 
विभिन्न व्यक्तिसँग पैसा उठाएर भारत बस्दै आएका श्रेष्ठलाई प्रहरीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको महानगरीय अपराध अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक गोविन्द पन्थीले बताए। आवश्यक अनुसन्धानका लागि उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell