PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

अर्जुन बर्णवाल नयाँ धर्मश्री च्याम्पियन



पहिलोपोस्ट

अर्जुन बर्णवाल नयाँ धर्मश्री च्याम्पियन

काठमाडौं : नेपाल ब्यायाम मन्दिरका अर्जुन बर्णवालले चौधौं धर्मश्री शारिरिक सुगठन प्रतियोगिताको उपाधी जितेका छन्। ८० केजी माथी तौल समूहका अर्जुनले ८० केजी तौल समूहका एशियाली च्याम्पियनसिप विजेता तथा साविक विजेता सेप्स फिटनेशका महेश्वर महर्जनलाई पछि पार्दै उपाधी जितेका हुन्। यस वर्ष अर्जुनको यो दोस्रो उपाधि हो। केही समय अघि पोखरामा भएको दोस्रो बुल्सम्यानको उपाधि पनि अर्जुनले जितेका थिए। 

पहिलो पटक धर्मश्री च्याम्पियन बनेका अर्जुन नगद ५ लाख सहित ट्रफी, प्रमाण पत्र र व्यानेटबाट सज्जित भए। महेश्वरले नगद २ लाख सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे।

७५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका ग्रिनविस फिटनेश झापाका उमेश राइ तेस्रो भए। उनले नगद १ लाख सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे। नेपाल ब्यायाम मन्दिरका रामहरी खनाल चौथो (७० केजी), रामबहादुर दाहाल पाँचौ (६५ केजी), संजीव कुमार श्रेष्ठ छैटौं (६० केजी) र रत्नश्री पोखराका कमल भन्डारी सातौ (५५ केजी) स्थानमा रहे। उनीहरुले क्रमशः ८०, ७५, ६० र ५० हजार नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे।

यस अघि सवै आआफ्नो तौल समूहमा प्रथम हुंदै उपाधी भिडन्तका लागि प्रतिस्पर्धामा उत्रेका थिए। नेपाल ब्यायाम मन्दिरको आयोजना तथा जिओनी मोवाईलको प्रायोजनामा भएको प्रतिस्पर्धामा ५५ केजीमा बुल्स जिम पोखराका सुरेश गुरुङ्ग दोश्रो र कालिमाटी फ्रेन्डशिपका सविन महर्जन तेश्रो भए।

६० केजीमा व्यायाम मन्दिरका आशिष देवाजु दोश्रो र न्यू फ्लेक्स रमेश कार्की तेश्रो भए। ६५ केजीमा कम्प्लिट हेल्थका अनिल लाल श्रेष्ठ दोश्रो र यारो फिटनेश झापाका विकास धिमाल तेश्रो भए। ७० केजीमा सेप फिटनेशका राजेश मगर दोश्रो र सेप टु फिटनेशका किरण यादव तेश्रो भए।

७५ केजीमा नेपाल जिमका मि। काठमाण्डौ नविन राना दोश्रो र सेप टु फिटनेशका  प्रवेश श्रेष्ठ तेश्रो भए। ८० केजी तौलमा ब्रदर एन्ड सिस्टरका तुलबहादुर श्रेष्ठ दोश्रो र न्यू फ्लेक्सका नरेश मालाकार तेश्रो भए। यस्तै ८० केजी माथीको तौलमा प्लानेट फिटनेशका प्रकाश राई र नेपाल ब्यायामका गिरिष महर्जन तेश्रो भए।

प्रत्येक समूहमा दोश्रो र तेश्रो हुनेले क्रमश २५ र १५ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरे।

विजेता खेलाडीहरुलाई सम्माननिय उप राष्ट्रपती नन्द बहादुर पुन, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेलगायतले पुरस्कार वितरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell