PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

भूकम्पले क्षतिग्रस्त दसैंघरमा राखियो जमरा, टीकाको साइत २५ गते बिहान ८:४५ बजे

भूकम्पले क्षतिग्रस्त दसैंघरमा राखियो जमरा, टीकाको साइत २५ गते बिहान ८:४५ बजे

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेपालीहरुको महान् चाड विजयादशमी आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने पर्व विजयादशमी अर्थात बडादसैंको आज पहिलो दिन- घटस्थापना।
 
आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइने बडादसैंको पहिलो दिन घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गर्ने चलन छ। दसैंघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी आजका दिन पूजा आरम्भ हुन्छ।
 
पूजाकोठा वा दसैंघरमा आज नै विधिपूर्पक जौ (यव) रोपिन्छ। यसलाई जमरा राखिएको भनिन्छ। आज राखिएको जमरा देवी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै ग्रहण गरिन्छ।
 
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो।
 
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ। यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ।
 
आज घटस्थापनाको साइत बिहान ८:३५ मा थियो। असोज २५ गते देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि असोज २५ गते ८ बजेर ४५ मिनेट उत्तम रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए।
 
परम्परानुसार आज काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैंघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गादेवीको पूजा आराधना सुरु भएको छ।

गतवर्षको भूकम्पका कारण क्षतिग्रस्त भवनभित्रै आज पुरोहितले जमराको बीज रोपण गरेका छन्। सो शुभसाइतमा नेपाली गुरुजु पल्टनले बाजागाजा बजाउँदै तोप पड्काएको थियो।


ट्रेन्डिङ पोस्ट

Ncell