PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

कालिमाटीस्थित डिभाइडरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु



पहिलोपोस्ट

काठमाडौं : काठमाडौंको कालिमाटीमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
 
बल्खुका सन्दीप तामाङले चलाएको बा ६० प ९११० नम्बरको मोटरसाइकल कालीमाटीस्थित डिभाइडरमा ठोक्किँदा पछाडि बसेका २० वर्षीय समीप कर्माचार्यको मृत्यु भएको हो। उनी सिरहाका भएको बुझिएको छ।

गम्भीर घाइते भएका उनलाई सहिद मेमोरियल अस्पताल पुर्‍याए पनि उपचारकै क्रममा मृत्यु भएको महानगरीय ट्रफिक प्रहरी महाशाखाले जनाएको छ। चालक तामाङको भने उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell