PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

ज्येष्ठ नागरिकको सामाजिक न्याय तथा सुरक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : मन्त्री केसी



पहिलोपोस्ट

ज्येष्ठ नागरिकको सामाजिक न्याय तथा सुरक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : मन्त्री केसी

काठमाडौं :  सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले ज्येष्ठ नागरिकको सामाजिक न्याय तथा सुरक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
 
ज्येष्ठ नागरिक कोषले २६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा यहाँ आयोजना गरेको कार्यक्रममा उनले ज्येष्ठ नागरिकको ज्ञान र सिपलाई समाजको विकास तथा समृद्धिका लागि उपयोग गरिने बताए।
 
मन्त्री केसीले ज्येष्ठ नागरिकको सम्मानित जीवनका लागि उनीहरुको अधिकार सुनिश्चित गराउनुपर्ने बताउँदै ज्येष्ठ नागरिकको हक, हित र अधिकार प्रवर्द्धनका लागि आफू जीवनभर लाग्ने प्रतिबद्धता पनि जनाए।
 
नयाँ संविधानले सबैको अधिकार सुरक्षित गरेको बताउँदै उनले असन्तुष्ट पक्षको भावना समेट्न संविधान संशोधनमा एमालेको सहयोगको अपेक्षा पनि गरे।
 
कोषका अध्यक्ष रामकृष्ण कर्माचार्यले मुलुकमा करिब २७ लाख ज्येष्ठ नागरिक रहेको जानकारी दिँदै उनीहरुलाई सम्मानका साथ समाजका हरेक क्रियाकलापमा सहभागी गराउनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell