PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

अब वीरगन्जका लागि पनि गुड्दैछ साझा बस



पहिलोपोस्ट

अब वीरगन्जका लागि पनि गुड्दैछ साझा बस

काठमाडौं : साझा यातायातले दसैंमा काठमाडौं उपत्यकाबाहिर जाने यात्रुको चापलाई ध्यानमा राखी वीरगन्जका लागि पनि सेवा विस्तार गर्ने भएको छ।
 
आइतबारदेखि बाग्लुङ र गोरखाका लागि बस सेवा सञ्चालनमा ल्याउने तयारी गरेको साझाले वीरगन्जका लागि पनि सेवा विस्तार गर्ने तयारी गरेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए। उनका अनुसार लामो समयपछि सुरु गर्न लागिएको उक्त सेवा विस्तारको प्रारम्भिक परीक्षणमा काठमाडौँदेखि बाग्लुङका लागि दुई र काठमाडौँ–गोरखाका लागि दुई बस सञ्चालन गर्ने तयारी गरे पनि यात्रुलाई समस्या भएकाले थप सेवा विस्तार गर्न लागिएको हो। तीन दिनपछि वीरगन्ज जाने यात्रुले साझाको सेवा लिन पाउनेछन्।
 

 
असोज १६ गतेदेखि काठमाडौँबाट बिहान ६:३० बजे बाग्लुङका लागि दुई र गोरखाका लागि बिहान ७ बजे दुई बस सञ्चालन हुनेछन्।
 
विभिन्न आन्तरिक कारणले गर्दा २०६२/६३ देखि पूर्ण रूपमा लामो मार्गमा साझाका बस सञ्चालन हुन छाडेको थियो। एक हप्ताअघि भारतबाट ल्याइएका ३० बस भने परीक्षणका क्रममा रहेकाले दसैंपछि मात्र सञ्चालन हुने प्रमुख पाण्डेले जानकारी दिए।
 
काठमाडौँ उपत्यकामा भने २०७० वैशाखदेखि १६ बस सञ्चालन भइरहेका छन्। साझाले अहिले उपत्यकाबाहिर सञ्चालन गर्न लागेको बस कुनै नयाँ नभई हाल उपत्यकामा सञ्चालन भइरहेको बस नै हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell