PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

कांग्रेसको छेउमा माओवादी आफू ठूलो पार्टीझैं गर्दैछ : प्रकाशमान सिंह



पहिलोपोस्ट

कांग्रेसको छेउमा माओवादी आफू ठूलो पार्टीझैं गर्दैछ : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारमा कांग्रेस कमजोर रुपमा प्रस्तुत भएको बताएका छन्।
 
नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उनले कांग्रेस ठूलो पार्टी भए पनि सरकारमा माओवादी ठूलो पार्टी भएझैं प्रस्तुत भइरहेको बताए।
 
पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले स्थानीय तहको निर्वाचन र सीमाङ्कन लगायतका विषयमा कांग्रेस नेतृत्व गम्भीर हुनुपर्ने बताए। कांग्रेस ठूलो दल भए पनि सरकार सञ्चालनमा त्यस अनुरुपको प्रभावकारी भूमिका निर्वाह नगर्दा कार्यकर्तामा निराशा उत्पन्न भएको उनको भनाइ थियो।
 
पार्टी विधानअनुसार चलेमात्र पार्टी बलियो हुने र यसका लागि नेतृत्व गम्भीर हुनुपर्ने बताउँदै उनले पार्टी महाधिवेशन भएको ६ महिना बित्दासम्म पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउनु दुःखद अवस्था रहेको बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell