PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

रामचन्द्र पौडेलको आरोप- 'एमालेले संविधान कार्यान्वयन प्रक्रिया अड्कायो'



पहिलोपोस्ट

रामचन्द्र पौडेलको आरोप- 'एमालेले संविधान कार्यान्वयन प्रक्रिया अड्कायो'

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान राजनीतिक समस्याको समाधान वार्ता र संवादबाट खोज्नुपर्ने बताएका छन्।
 
नेपाल प्रेस युनियन काठमाडौं जिल्ला शाखाले आज विजयादशमी, दीपावली, छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उनले संविधानले सङ्घीयता, लोकतन्त्र र सबै जातजातीको भावना समेटेकाले मधेसी जनताले संविधानलाई अस्वीकार गर्न नमिल्ने बताए।
 
'संविधानमा मधेसीका अधिकारका विषयमा केही कमीकमजोरी होलान्,' उनले भने, 'आउनुहोस् वार्ता र संवादबाट समाधान खोजौं।'
 
राजनीतिक दलबीच संविधान कार्यान्वयनको कुरा हलो अड्काएर गोरु चुट्ने काम भएको भन्दै उनले यसलाई सबै राजनीतिक दल मिलेर समाधान खोज्नुपर्ने बताए।
 
संसदीय प्रजातन्त्र नमानेका कारण मुलुकमा अस्थिरता पैदा भएको उल्लेख गर्दै नेता पौडेलले नेकपा एमाले जस्तो जिम्मेवार पार्टीले संविधान कार्यान्वयन अड्काउने काम गर्न खोजेको आरोप लगाए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell