PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

सलमानसँग फिल्म खेल्न ऐश्वर्याका दुई शर्त



पहिलोपोस्ट

सलमानसँग फिल्म खेल्न ऐश्वर्याका दुई शर्त

कुनै बेला बलिउडमा प्रेम जोडीका रुपमा चिनिने ऐश्वर्या राय र सलमान खानलाई एउटै फिल्ममा बाँधिएको देख्न पाउनु करिब मुस्किल विषय भइसकेको छ। पूर्व मिस वर्ल्ड ऐश्वर्या रायले सलमानसँग काम गर्लिन् त? अमिताव बच्चनकी भलाद्‍मी बुहारी ऐश्वर्याले यसमा कुनै आपत्ती भने देखेकी छैनन्।

एउटा म्यागेजिनलाई दिएको अन्तर्वार्तामा उनले राम्रो स्क्रिप्ट पाउने हो भने सलमानसँग जोडी बाँधिएर फिल्म खेल्न तयार रहेको बताएकी छिन्। सलमान सँग फिल्म खेल्न उनको प्रमुख शर्त हो स्क्रिप्ट। दोस्रो शर्त हो गतिलो निर्देशक। यदि यी दुई विषय उनले सोचेअनुसार भएदेखि सलमानसँग उनी स्क्रिनमा देखिनेछिन्।

तर बलिउडका विश्लेषकहरु भने सलमान कुनै पनि हालतमा उनीसँग काम गर्न तयार हुने छैनन्। ‘हम दिल दे चुके सनम’मा सलमानसँगको केमेस्ट्रीका कारण ऐश्वर्या चर्चामा थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell