भँगेराको जोडी खटप्वालमा सम्भोगरत छन्। अनायास भाले उड्छ र पनि पोथी स्थिर छे। भाले फेरि आउँछ। फेरि सम्भोग र फेरि सम्भोग। आँखामा दृश्य नपार्न पनि सकिन्छ। तर पर्न जान्छ। फेरि पर्न जान्छ।
म आकाश जस्ती आमाको छेउमा बसेको छु। धेरै पटक प्रयास गर्छु— एउटा तस्बिर खिचूँ, अहिले नै। मलाई हतारो छ, साह्रै। म आत्तिइसकेको छु। म निसासिइसकेको छु। मेरा पाइला गह्रुँगा भएका छन्। स्थितप्रज्ञ छु। लाटो छु र आफ्नै अस्तित्वप्रति बेहद संवेदनशील पनि।
भँगेराको सम्भोग फेरि प्रारम्भ हुन्छ।
यो सपना होइन, नेपाल वायुसेवा निगमको सेल्स काउन्टर हो। मंगलमय शुभकामनाहरु सजाइएको एउटा ठूलो भवन।
एक जना भर्खरको ठिटो छ सेल्स काउन्टरमा। ऊ भन्दै छ, ‘क्यान्सर पेसेन्ट? तपाईंको आमा?? युटेरस क्यान्सर???’
म निरीह आमाको गाला सुमसुम्याइरहेको छु।
ठिटो भन्दै छ, ‘अन्ठाउन्न मात्र? तर...’ ठिटो बाँकी शब्द आँसुमा बोल्छ, ‘मेरी आमा त अठ्चालिसमा नै जानुभो।’
वेदनाले म आत्तिन्छु। नियतिले मेरी आमालाई कति वर्ष बोनस दिएको छ कुन्नि, मलाई थाहा छैन। संसार बिहानका सुन्दर सपनाहरुबाट प्रारम्भ भएर एउटा कुरुप दुर्गन्धमा सकिन्छ। कत्रो आश्चर्य!
मृत्युको अनिवार्यता... त्यो मलाई थाहा छ। यथार्थमा म जान्दछु... मेरी आमा जीवनको समाप्तितिर हुनुहुन्छ। तर, म पनि आामा जत्तिकै ढिपीवाला छु— उहाँ छिट्टै मर्नुहुन्न। मेरो जीवनको तीस वसन्त मात्र देखेर उहाँले मर्नु हुँदैन। तर आमाको जीवनको आग्रह गरेर म उहाँका लागि पीडा, निराशा र अशान्तिको एउटा सिंगो र अनावश्यक जीवन माग गरिरहेको हुन्छु।
‘मर्सी किलिङ’! म पसिनाले निथ्रुक्क भिज्छु।
घाँटी साँगुरिँदै गएको छ र प्रत्येक पटकको बाडुल्कीमा चिन्ताले घरलाई एउटा लहर दिन्छ। ठीक सात घन्टापछि हजारौं फिट अग्लो आकाशमा विजया आमाको टाउकोलाई आफ्नो काखामा राखेर उडिरहेको हुनेछे। तर, विज्ञान स्वयम् नै जुन रोगबाट पराजित छ भने...?
राति आएर बिरालाहरु कराइदिन्छन्। आँखा फुट्ने अँध्यारोमा हाँडी घोप्ट्याए जत्तिकै चुक अन्धविश्वासले सान्दिदी बिरालो लखेट्छे।
‘आमा।’
‘हुँ।’
समय कोलाहल मात्र बाँचिरहेको छ। मानिसका अजस्र पसिना बगिसक्दा पनि यो विकासशील देशले एउटा क्यान्सर अस्पताल खोल्ने प्रयत्न गरेको छैन। देशका दानवीर कर्णहरुले आफ्नो कमाइको एक रौं हिस्सा देउतालाई चढाएर मोक्ष कमाइरहेका छन्। मानिसहरु आफ्नो देशमा मर्न नपाएर दिल्ली, भेलोर र बम्बईसम्म सास धानिरहेका छन्।
म त्यही प्रक्रियामा सामेल छु। नामर्द मुलुकको कमारो नागरिकको त्योभन्दा अर्को नियति हुन पनि सक्दैन।
ब्राह्मणहरु स्वस्ति वाचन गर्दै छन्।
लयहरु : ॐ पुनन्तुमा देवगणा, पुनन्तुमा सविता।
स्वर अनुगुञ्जित छ : स्वस्ति न इन्द्रो वृद्धश्रवा स्वस्ति पुषा विश्ववेदा स्वस्ति...
म लयबाट पर सुकेका आँखाले आफ्नी आमाको दिव्य र तेजस्वी निधारलाई हेर्दछु।
उमा चिठी लेख्छे, ‘हजुरआमा, तपाईंलाई सञ्चो होस् भनेर म रोज देउतालाई गाईको दूध चढाइरहेकी छु।’
म आफूलाई सम्झिन्छु— मृत्यु सुखद हुनुपर्छ।
त्यसपछि म बिस्तारै कुनै एक देउताको नाउँमा थुक्छु, किनभने मलाई भूत लागेको छ र बेसारमा लटपटिएका भूतले पहेँलो अक्षता मात्र रुचाउँछ। ज्योतिषले दृढ विश्वास पोखेको छ— वैशाखसम्म उहाँलाई कडा दशा छ, तर ‘मार्केश’ छैन। केही हुँदैन।
म आमाको वरिपरि रुमल्लिइरहेका मृत्युका छायालाई देख्छु। आफैंलाई सहानुभूति दिन्छु, ‘ज्योतिषले ठीक भनेको छ। कुनै ‘मिराकल’ अवश्य हुन्छ। आमालाई सञ्चो हुन्छ।’
त्यसपछि मेरो काँतर मुटुमा साइबाबा आएर बस्छन्।
जे भए पनि अन्धविश्वासलाई मैले मानसिक शान्ति मानेको छु। त्यसैले अब्राहम कुभरको दिवंगत आत्माले मलाई क्षमा गरोस्। मैले उनको वैज्ञानिक यथार्थलाई पचाइनँ।
मलाई थाहा छ— निबन्धको शीर्षक कस्तो हुनुहुँदैन? बौराउन नपाएका आकांक्षाहरु छन्। म नियतिको यतिबिघ्न क्रूरता र मार सहनै नसक्ने भएको छु। नियति एउटा ‘प्यारासाइट’ हो। साला परजीवी।
जिन्दगी बस, सर्किरहेको छ। शायद कलमले अब केही बेरको विश्रान्ति खोजेको हुनुपर्छ।

- किशोर नेपालको भर्खरै प्रकाशित निबन्ध संग्रह ‘राक्षसको गीत’बाट। बिएन पुस्तक संसारले प्रकाशन गरेको संग्रहको मूल्य २९९ रुपैयाँ राखिएको छ।