PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

विदेश जानु पर्दैन पैसा कमाउन, केराखेतीबाटै यसरी लिन सकिन्छ आम्दानी



पहिलोपोस्ट

विदेश जानु पर्दैन पैसा कमाउन, केराखेतीबाटै यसरी लिन सकिन्छ आम्दानी

वीरगन्ज : पैसा कमाउनका लागि अनेक झन्झट बेहोरेर विदेश नै जानुपर्छ भन्ने छैन। स्वदेशमै झन्झट नहुने खेती गरेर मनग्गे आम्दानी लिन सकिन्छ।
 
यसको उदाहरण बनेका छन् बारा निजगढका युवा ज्ञानबहादुर लामा। उनले सुरुमा  केराखेती गरेर राम्रो आम्दानी लिए। उनकै सिको गरेर ०६५ सालयता गोविन्द खरेलसँगै थुप्रै कृषकले यस खेतीलाई निरन्तरता दिन थालेका छन्।
 
बाराको निजगढमा केही वर्षयता व्यावसायिक केराखेती फस्टाउँदै गएको छ। निजगढ नगरपालिकाको निजगढ, भरतगञ्जसिगौंल, रतनपुरीका वडामा करिब ३५० बिघा क्षेत्रफलमा व्यावसायिक केराखेती भएको कृषि सेवा केन्द्र निजगढले जनाएको छ।
 
अन्य खेतीको तुलनामा केराखेतीबाट बढी आम्दानी र झन्झट कम हुने भएकोले निजगढ आसपासको कृषकहरु केराखेतीतर्फ आर्कषित भएको कृषि सेवा केन्द्र निजगढका कृषि प्राविधिक साधुराम खरेल बताउँछन्।
 
निजगढमा १५०, रतनपुरीमा १० तथा भरतगञ्जसिगौंलमा करिब २ सय बिघामा खेरा खेती हुन थालेको हो। प्रतिकठ्ठामा १५ हजारदेखि २०/२५ हजार रुपियाँ हुने आम्दानीका कारण केराखेतीतर्फ कृर्षकहरु आकर्षित भएका हुन्। व्यावसायिक केराखेतीले कृषकहरुको जीवनस्तर उकासेको छ। खेतीले आर्थिक पक्ष पनि सबल बन्दै गएको कृषकहरु बताउँछन्।
 
निजगढ, रतनपुरी र भरतगञ्जसिगौल बलौटे, दोमट माटो भएको वडाहरु हुन्। यस्तो माटो केराखेतीको लागि उपयुक्त मानिन्छ। प्रशस्त कम्पोष्ट मल भएको तर पानी कम लगाउन सकिने जग्गामा पनि केराखेती गर्न सकिने कृषि सेवा केन्द्र निजगढका जेटिए गंगा ओलीले जानकारी दिइन्। कृषि प्राविधिकका अनुसार व्यावसायिक केराखेतीको क्षेत्रफल र बाली हेर्दा हाल ६ करोडदेखि ७ करोडको हाराहारीको केरा उत्पादन भइरहेको छ।
 
केरा बिक्री गर्ने बजारको कुनै समस्या नभएको कृषकहरु बताउँछन्। यहाँ केरा उत्पादन नहुँदा भारतबाट आयत हुने केरा ३/४ वर्षयताबाट पूर्ण रुपमा विस्थापित भई स्वदेशी मालभोग केराको एकछत्र राज चलिरहेको छ।
 
यहाँ उत्पादित केरा, काठमाडौं, पोखरा, दोलखा लगायतका सहर बजारसम्म पुग्ने गरेको कृषकहरु बताउँछन्। व्यावसायिक मालभोग केराखेती उत्पादन हुने परिचय बनिरहेको यहाँ विलियम हाइब्रिट प्रजातिका केराखेती पनि थालिएको छ।
 
केराको बोटबाट पनि आम्दानी लिन सकिने कुशल व्यववसाय परामर्श तथा तालिम केन्द्र प्रालि निजगढका कार्यकारी निर्देशक सरोज कोइरालाले बताए। केराको बोटको सुप्लाबाट कपास, फाइबरर, पेपर, झोला, जुत्ता, कोट गिफ्ट, खेलौना जस्ता वस्तु उत्पादन गर्न सकिन्छ। यसबाट बनाइएको जुत्ता, कोट कपडाको जस्तै टिकाउ र आर्कषक देखिने कार्यकारी निर्देशक कोइरालाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell