
इस्लामावाद : पाकिस्तनाले सीमामा भएको गोलीवारीमा भारतीय सेनिक मारेको दावी गर्दै भारतीय मिडियाले तथ्य लुकाएको दावी गरेको छ। इन्टर सर्भिस पब्लिक रिलेसन्सका लेफ्टिनेन्ट जनरल असिम वाजवाले शनिबार आयोजित पत्रकार सम्मेलनमा दुई पाकिस्तानी भारतीय सैनिकको गोलीबाट मारिएजस्तै भारतीय सैनिक पनि मारिएको तर भारतीय मिडियाले सूचना लुकाएको दावी गरे।
आजाद कास्मिरको वागसारमा पत्रकारसँग कुरा गर्दै वाजवाले भारतीय मिडियाले आफ्नो क्षति लुकाएको बताएका थिए।
सीमा क्षेत्र (एओसी)मा पाकिस्तानले जवाफी कारवाही गरेको र त्यहाँ भारतीय सैनिकतर्फ पनि क्षति भएको बताए। यद्यपि उनले भने, ‘युद्ध कसैको पनि रुचीको विषय होइन।’
‘हामीले हाम्रो भूमिका रक्षा गरेका छौं र भविष्यमा पनि रक्षा गर्न प्रतिवद्ध छौं।’